शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसद अधिवेशनका लागि तयार छौँः संसद सचिवालय

बुधबार, १३ पुस २०७९, १४ : ५८
बुधबार, १३ पुस २०७९

संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ ।  संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताए । 

 सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए ।  सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए ।  सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गरे । 
उनले भने, ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’

सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप