प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
बुधबार, १३ पुस २०७९, १४ : ००
![प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता](https://rpcdn.ratopati.com/media/albums/prachanda_madhav_2_Jep1JNKzfP_YYg8b6hwNh.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच चरणचरणका भेटवार्ता भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता