आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्र र बहादुरको उम्मेदवारी

बुधबार, १३ पुस २०७९, १० : १४
बुधबार, १३ पुस २०७९

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् । हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि संसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् । 

यसअघि  इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । 

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । समितिका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने उम्मेदवार दर्ताका लागि बिहान १० बजे सम्मको समयसिमा तोकिएको छ । 

दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुने निर्वाचन समितिका सयोजक महर्जनले जानकारी दिए। मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप