अभिभावक ‘स्याहार–सुसार’ कार्यक्रममा रसाए आँखा (तस्बिरहरु)

सामाजिक सञ्जाल र विकृत सोचका कारण हामीलाई आमाबुबा, बाजे, बजैसँग देखिन, चिनिन लाज लाग्ने परिस्थितिमा पुर्याएको छ । हजारौं दुःख र अनुभव दर्शाउने चाउरिएको अनुहार भएका आमाको चोली, बाबाको भोटोप्रति घृणा गर्नेको पनि समाजमा कमी छैन । जसका कारण आजभोलि हाम्रा अभिभावक घरमा भन्दा बढी वृद्धाश्रममा देखिन थालिसकेका छन् ।
सन्तानको अभिभावकप्रतिको दायित्व के त भन्नेमा समाज अनविज्ञ बन्दै गएको देखिन्छ । अभिभावकबाट आवश्यकता पूरा गरेर हुर्किएका सन्तानले अभिभावकको यही आधारभूत आवश्यकता पूरा गरिदिन चुकिरहेका छन् । यसै विषयलाई बोध गराउन भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले अभिभावक ‘स्याहार–सुसार’ कार्यक्रम गरेको छ ।
विद्यालयको हिरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावक प्रतिको दायित्व बोध गराउन यस प्रकारको कार्यक्रम गरिएको हो । चितवनमै पहिलो पटक गरिएको अभिभावक स्याहारसुसार कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट खुसीको आँसु छल्किएको थियो ।
केही अभिभावक आफ्नो छोराछोरी, नाता नातिनीले गरेको बाचाले भक्कानिँदै आशु लुकाउन कुना काप्चा तिर लागिरहेका थिए । केही रुमाल र पछेउराको फेर समाती खुसीको आँशु पुछिरहेका थिए । यो सबै मंगलबार विद्यालयमा देखिएको दृश्य हो ।
विक्रम पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह