शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कसरी हुँदैछ भागबन्डा ?

बुधबार, १३ पुस २०७९, ०७ : ०२
बुधबार, १३ पुस २०७९

एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ।


प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। 

दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले एक हप्ताभित्र पूर्णता पाउने बताए। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन्।

यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्। यी मन्त्रीको कार्यभार तोकिएको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप