नेशनल लाइफको गोसाईंकुण्ड हेली टुर सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गतेदेखि ९ गते सम्म “गोसाईंकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाडौं बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईंकुण्डको भ्रमण गराएको हो ।
भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोबल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब २०० जना अभिकर्ताहरुलाई उनीहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ