सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली काठमाडौँमा

मङ्गलबार, १२ पुस २०७९, २० : ०४
मङ्गलबार, १२ पुस २०७९

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।

पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो ।

विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र नेपाललाई भूपरिवेष्टितबाट भू–जडित राष्ट्र बनाउने ठोस कदमका रूपमा व्याख्या गरेको छ । चीनले यो परियोजनालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै विकास गर्नेछ । १७० किलोमिटर लामो यो रेलमार्गले दक्षिणी तिब्बतमा पर्ने केरुङलाई नेपालका राजधानी काठमाडौँसँग जोड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप