राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताए ।
राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे ।
राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
-
राजावादी प्रदर्शनका क्रममा भएको आक्रमणको एनटीयूसीद्वारा भर्त्सना
-
पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी
-
सार्वजनिक सम्पत्तिमाथि भएको लुटपाट र आगजनीको क्षतिपूर्ति माग
-
विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र
-
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ