प्रचण्डले माधवलाई फूलमाला लगाएर गठबन्धनमा सामेल गराउनुपर्छ : वामदेव गौतम
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री पुष्पकमल दाहालको भूल भएको बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि कुराकानी गर्दै गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सामेल गराउन सुझाव दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई शक्तिमा पुर्याउन अध्यक्ष नेपालले भूमिका खेलेको भन्दै उनलाई बीचैमा छाड्नु ऐतिहासिक भूल हुने उनको भनाई थियो । गौतमले भने, ‘अहिले सानो देखिएपनि पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिमा पुर्याउन भूमिका खेल्ने मुख्य सहयोगी पार्टी हो । अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी नेकपा माओवादी केन्द्र केपी ओलीसँगको गठबन्धनमा सामेल भएको छ । नेकपा एकीकृत समाजवादी छुट्न हुँदैन । यो गठबन्धनमा यो पार्टी सामेल हुन सकेन ऐतिहासिक भूल हुनेछ ।’
उनले प्रचण्डले माधव नेपालसँग सम्मानजनक छलफल नगरी एक्लै सामेल हुनु आलोचनाको विषय भएको बताउँदै प्रचण्डले एउटा मित्रलाई सम्मानजनक व्यवहार नगरेको बताए । उनले भने, ‘बाहिर प्रचण्ड देखिए पनि संविधानलाई ट्रयाकमा ल्याउन भूमिका खेल्ने आधा ब्रेक, आधा शक्ति माधव नेपाल हुन् । त्यसैले प्रचण्डले फूलमाला लगाएर उहाँलाई गठबन्धनमा लग्नुपर्छ ।’ आजको भेटमा नेपाल कम्युनिस्ट आन्दोलनमा एकताबद्ध बनाउन जस्तो सुकै त्याग गर्न दुवै नेता सहमत भएको पनि नेता गौतमले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण