बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसपी बुढामगरद्वारा दर्ज्यानी चिन्ह प्रदान

मङ्गलबार, १२ पुस २०७९, १९ : ०५
मङ्गलबार, १२ पुस २०७९

रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित एक समारोहबीच सहकर्मीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार असईबाट सई पदमा बढुवा भएका  अमिरा साहलाई बुढा मगरले मंगलबार  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

उक्त अवसरमा एसपी बुढामगरले  बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक  निर्देशनका साथै बढुवा भएका प्रहरी कर्मचारीहरूको व्यवसायीक जीवनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा जिल्ला प्रहरी निमित्त प्रवक्ता डिएसपी उमशंकर यादव लगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप