मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

मङ्गलबार, १२ पुस २०७९, १८ : ३०
मङ्गलबार, १२ पुस २०७९

संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख गरेको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका लागि उदाहरण भएको उल्लेख गर्दै अमेरिकाले यसको प्रशंसा गरेको यहाँस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने उल्लेख गर्दै अमेरिकाले सहयोग गर्न तत्पर रहेको जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप