शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

मङ्गलबार, १२ पुस २०७९, १७ : ३९
मङ्गलबार, १२ पुस २०७९

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप