सत्ता गुमाएको कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेण्डा तय
संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।
कांग्रेसले माओवादीसँग सत्ता सहकार्यबारे सहमति नजुट्दा नाटकीय रुपमा सत्ता नै गुमाउने अवस्था आएको थियो । नेतृत्वको सुझबुझपूर्ण निर्णय हुन नसक्दा पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो । बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पुस २२ गते दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको जानकारी दिँदै उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको बताए ।
उनका अनुसार बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् । जसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको अर्थ तथा विकास समितिमा राप्रपाविरुद्ध राप्रपा उम्मेदवार
-
नीतिलाई पहिलो गाँसमै ढुंगा
-
प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत