राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापति समेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले मन्त्री बनाउन लबिङ थालेका हुन् ।
लामिछानेलाई भेटेर सांसदहरुले मन्त्री बनाउन माग गर्दै लविङ गर्न थालेको एक सांसदले बताए । ‘पार्टी सरकारमा गएपछि मेरो पनि मन्त्रीको सम्भावना छ । तर, सभापतिले कसकसलाई मन्त्री बनाउनुहुन्छ थाहा छैन।’ ती सांसदले भने,‘पार्टीमा मैले जस्तै धेरै साथीहरुले दाबी गर्नु भएको छ । खै को कोलाई मन्त्री बनाउनु हुन्छ थाहा छैन ।’
तर, पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले सरकारलाई भन्दा प्रतिपक्षलाई बलियो बनाउन खोजेपनि असफल भएको बताए । ‘कुनै पनि काम गर्न मन्त्री पद चाहिन्छ भन्ने छैन । सांसद नै भएपनि धेरै काम गर्न सकिन्छ,’ काकीले भने, ‘पार्टीका सांसदहरुलाई प्रतिपक्षको भुमिका कस्तो हुनुपर्छ । संसदीय प्रक्रियामा कसरी प्रभावकारी रुपमा निभाउनुपर्छ भन्ने सिकाउन पाएको राम्रो हुन्थ्यो । प्रतिपक्षमा बसेरपनि धेरै काम गर्न सकिन्छ भन्ने हो ।’ कार्कीले लामो समय पार्टी सरकारमा नगएर प्रतिपक्षमै बसेर बस्नुपर्ने लविङ गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत