शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

मङ्गलबार, १२ पुस २०७९, १४ : १७
मङ्गलबार, १२ पुस २०७९

अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ । 

सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप