मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

मङ्गलबार, १२ पुस २०७९, १४ : १३
मङ्गलबार, १२ पुस २०७९

काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप