बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मङ्गलबार, १२ पुस २०७९, १३ : २५
मङ्गलबार, १२ पुस २०७९

बझाङ बझाङको छविसपाथीभेरा गाउँपालिका ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

ट्याक्टरमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको उनको भनाइ छ । ट्याक्टर झोलुङ्गे पुल निर्माण सामग्री ढुवानी गरिरहेको थियो । ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप