सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पासाङलाई मिस मंगोलको उपाधि

मङ्गलबार, १२ पुस २०७९, १२ : ०५
मङ्गलबार, १२ पुस २०७९

’मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीय शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् ।

प्रतियोगितामा कैलालीकी २५ वर्षीय दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने, उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीय डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पाँचथरकी २१ वर्षीय ममता आङ्बो मिस मंगोल प्रोभिन्स वान, पर्साकी १६ वर्षीय एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी २३ वर्षीय प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी २५ वर्षीय प्रिसिला गुरुङ मिस मंगोल गण्डकी र दाङकी २६ वर्षीय मुना बुढामगर मिस मंगोल लुम्बिनी घोषित भए ।
मिस मंगोल सुदूरपश्चिमको उपाधि फस्ट रनरअप दीपिका थापामगरले हात पार्न सफल भइन् ।

रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोचका रूपमा रहेकी थिइन् । 

प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्ट्रेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, पपगायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघको उपाध्यक्ष एवं डान्सिङ स्टार नेपालकी विजेता छिरिङ शेर्पा निर्णायक मण्डलमा रहेका थिए । यो मिस मंगोल नेपालको यो १३औं संस्करण हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप