शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने

मङ्गलबार, १२ पुस २०७९, ०९ : ५०
मङ्गलबार, १२ पुस २०७९

चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ ।

चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो ।

चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ ।

यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो वृद्धि देखिएको छ ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन् ।

यससँगै चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी उपायहरू आवश्यक रहेको बताएका छन् ।

चीनले पछिल्ला केही दिनमा कोभिडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ।  तर चीनमा हरेक दिन हजारौं मानिसको ज्यान जाने गरेको आशंका गरिएको छ ।

सन् २०२० को मार्च महिनापछि चीन आउने सबै विदेशी यात्रुलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप