शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

मङ्गलबार, १२ पुस २०७९, ०६ : ३६
मङ्गलबार, १२ पुस २०७९

विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।

उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । 

पिकनिकमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप