ताइवानको आकाशमा दर्जनौं चिनियाँ लडाकू विमान
सोमबार, ११ पुस २०७९, २१ : २९
बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकू विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ ।
अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामर्थ्य प्रदर्शन गरेको अनुमान गरिएको छ । चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ ।
चीनले आइतबार र सोमबार लडाकू तथा फाइटर विमान र ड्रोन पठाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निगरानी गरिरहेको बताएको छ । (रासस /एपी )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ