मन्त्रिपरिषद्ले आशा जगायो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड
![मन्त्रिपरिषद्ले आशा जगायो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड](https://rpcdn.ratopati.com/media/albums/prachanda_PeI0OX35bn.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् ।
यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । 'जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कुरा त्यो हो । हाम्रो अगाडि र देशको अगाडि थुप्रै जटिलता र चुनौती छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदानमा जस्तो प्रकृतिको परिणाम देखिएको थियो त्यसलाई समेटेको छ । यो मन्त्रिपरिषदले एउटा आशा जगाएको छ', उनले भने, 'हामीले पहिलो बैठक सक्यांै । यो बैठकमा पनि नेपालको अर्थतन्त्रको स्थिति जति जटिल र शान्तिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने प्रभावकारी उपायमा केन्द्रित भएर अगाडि बढेको छ ।'
यस्तै नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
-
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !
-
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
-
आठसय मिटर दौडमा विकास र राज्यलक्ष्मी च्याम्पियन
-
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष