सरकारसँग सहकार्य गर्न तत्पर छौं : अध्यक्ष कुँवर
गैर आवासीय नेपाली संघ (एनआरएनए शेष घले समूह) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं प्रधानमन्त्री नियुक्त भएको आफूहरु खुशी भएको बताउँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेलगत्तै बधाई दिँदै कुँवरले सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउने समेत अपेक्षा गरेको बताएका छन् । त्यस्तै, एनआरएनएले उठाउँदै आएका मुद्दाको सम्बोधन तथा नागरिकता सम्बन्धी विषय संसदबाट छिटै निकास पाउने विश्वास समेत कुँवरले व्यक्त गरेका छन् ।
“नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री भएको हुनुभएकोमा गैर आवसीय नेपाली संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । तपाईँको नेतृत्वको सरकारले सम्पूर्ण गैरआवासीय नेपालीहरुको मुद्दाको उचित सम्बोधन गर्ने छ र गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धि विषयले पनि संसदबाट छिट्टै निकास निकाल्नेछ । विश्वभर फैलिएर रहेका गैरआवसिय नेपालीहरुको हकहितका लागि गैरआवासीय नेपाली संघ तपाईँको नेतृत्वको सरकार सङ्ग सहकार्य गर्न तत्पर रहेको जानकारी समेत गराउन चाहान्छु” उनको शुभकामना भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट