मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ

सोमबार, ११ पुस २०७९, २० : २४
सोमबार, ११ पुस २०७९

जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

यस्तै उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैंकका चेकहरु, लुकाइएको जडिबुढी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप