काभा यू–२३ भलिबल : नेपाल जित विहीन, बंगलादेश अपराजित हुँदै च्याम्पियन
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा कीर्गिस्थानलाई ३–२ सेटले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशले पहिलो सेटमा २५–१५ को जित निकान सफल भयो । त्यसपछि कीर्गिस्थानले लगातार दुई सेटमा जित निकाल्यो । दोस्रो र तेस्रो सेटमा कीर्गिस्थानले २५–१५ र २५–२२ जित निकाल्यो । त्यसपछि चौथो र पाँचौ सेटमा बंगलादेशले जित निकाल्न सफल भयो । चौथो सेटमा बंगलादेशले २५–१९ को जित निकाल्दा अन्तिम सेटमा १८–१६ को जित निकाल्यो ।
आज नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल जित श्रील्ांंकासँग पराजित हुँदै जित विहीन बन्यो । पाँच सेटसम्म गएको खेलमा नेपाल अन्तिम सेटमा सम्हालिन नसक्दा जित निकाल्न सकेन । नेपाल श्रीलंकासँग ३–२ सेटले पराजित भयो । पहिलो सेटमा २५–२२ को जित निकालेको नेपालले लगातार दुई सेट गुमायो । दोस्रो र तेस्रो सेटमा श्रीलंकाले २५–१९ र २५–१९ को जित निकाल्यो । त्यसपछि चौथो सेटमा नेपालले २५–२० को जित निकाल्दा अन्तिम सेटमा १५–१० ले पराजित भयो ।
च्याम्पियनसिपमा पाँच खेल खेलेको नेपालले पाँचै खेलमा जित निकाल्न सकेन । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, कीर्गिस्थान र श्रीलंकाको सहभागिता थियो ।