महान्यायाधिवक्ता खातीद्वारा राजीनामा
सोमबार, ११ पुस २०७९, १८ : ०४

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।
प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । उनले १७ महिना १० दिन काम गरे । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट बिदा भएसँगै उनी पनि पदबाट बिदा भएका हु न् ।