बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

सोमबार, ११ पुस २०७९, १७ : ४२
सोमबार, ११ पुस २०७९

मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तत्कालीन वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ ।  वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

सोमबार आयोगले तत्कालीन वडा सचिवहरू आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ  । पवन श्रेष्ठ विरुद्ध ३५ हजार, जानुका श्रेष्ठविरुद्ध १ लाख ७७ हजार र आचार्य विरुद्ध ५५ हजार बिगो माग दावी लिइएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप