शीतल निवासमा देउवाका दुई तस्बिर : शपथमा उठ्न गाह्रो माने, बीचैमा बाहिरिए

राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपरान्ह माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम थियो । कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, कायम मुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीसहित पूर्व प्रधानमन्त्रीहरू र विशिष्ट अतिथिहरूको सहभागिता थियो ।
प्रचण्डलाई शपथ गराउनका लागि जब राष्ट्रपति विद्यादेवी भण्डारी तयार भइन् । सबै आगन्तुकहरु आ–आफ्नो कुर्सीबाट उठे । तर देउवा भने उठेनन् । सँगै बसेका प्रचण्ड शपथका लागि अघि बढ्दै गर्दा देउवा भने उठ्नलाई कुनै हतारो नगरेका हुन् ।
गजधम्म बसिरहेका उनलाई सुरक्षाकर्मीले पटक पटक उठ्न आग्रह गरेपछि बल्ल शपथ गराउने क्रम चलिरहँदा उठेका थिए । यस्तै प्रचण्डको शपथलगत्तै देउवा पुरा समय कार्यक्रममा नबसी राष्ट्रपति भवनबाट बाहिरिए । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा बीचैमा देउवा बाहिरिएका कारण उनको कुर्सी खाली देखिन्थ्यो ।
अन्य विशिष्ट अथितिहरु पुरा समय शपथ कार्यक्रममा बस्दा देउवा हतार हतार बाहिरिनुलाई आफ्नो हातबाट सत्ता फुस्किँदा देखा परेको असहजताका रुपमा कतिपयले लिएका छन् । देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि आइतबार कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएको थियो भने एमालेसहितका ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
देउवाकै कारण सत्ता गुमेको भन्दै पार्टीभित्रैबाट उनको चर्को आलोचना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन