शीतल निवासमा देउवाका दुई तस्बिर : शपथमा उठ्न गाह्रो माने, बीचैमा बाहिरिए
राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपरान्ह माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम थियो । कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, कायम मुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीसहित पूर्व प्रधानमन्त्रीहरू र विशिष्ट अतिथिहरूको सहभागिता थियो ।
प्रचण्डलाई शपथ गराउनका लागि जब राष्ट्रपति विद्यादेवी भण्डारी तयार भइन् । सबै आगन्तुकहरु आ–आफ्नो कुर्सीबाट उठे । तर देउवा भने उठेनन् । सँगै बसेका प्रचण्ड शपथका लागि अघि बढ्दै गर्दा देउवा भने उठ्नलाई कुनै हतारो नगरेका हुन् ।
गजधम्म बसिरहेका उनलाई सुरक्षाकर्मीले पटक पटक उठ्न आग्रह गरेपछि बल्ल शपथ गराउने क्रम चलिरहँदा उठेका थिए । यस्तै प्रचण्डको शपथलगत्तै देउवा पुरा समय कार्यक्रममा नबसी राष्ट्रपति भवनबाट बाहिरिए । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा बीचैमा देउवा बाहिरिएका कारण उनको कुर्सी खाली देखिन्थ्यो ।

अन्य विशिष्ट अथितिहरु पुरा समय शपथ कार्यक्रममा बस्दा देउवा हतार हतार बाहिरिनुलाई आफ्नो हातबाट सत्ता फुस्किँदा देखा परेको असहजताका रुपमा कतिपयले लिएका छन् । देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि आइतबार कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएको थियो भने एमालेसहितका ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
देउवाकै कारण सत्ता गुमेको भन्दै पार्टीभित्रैबाट उनको चर्को आलोचना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण