मन्त्री जाममा फसेपछि शपथ छुट्यो
सोमबार, ११ पुस २०७९, १६ : ४१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी ज्वालाकुमारी साह ढिला गरी शपथमा पुगेकी छन् । बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी हुन् ।
प्रधानमन्त्री प्रचण्डसहित ७ मन्त्रीले शपथ लिएपछि मात्रै उनी शीतल निवास पुगेकी थिइन् । ढिलागरी पुगेकी उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य मन्त्रीहरूले शपथ लिएपछि एक्लै शपथ गराएकी थिइन् ।
शीतल निवास स्रोतका अनुसार चर्को जामका कारण उनी निर्धारित समयमा शीतल निवास पुग्न नसकेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण