शीतल निवासमा शपथ चल्दै गर्दा सिंहदरबारमा कर्मचारीलाई हतारो, तस्बिरहरु हेर्नुहोस्
सोमबार, ११ पुस २०७९, १६ : ३७

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शीतल निवासमा शपथ चल्दै गर्दा सिंहदरबारमा चहलपहल बढेको छ । प्रधानमन्त्रीसहितका मन्त्रीहरुको स्वागतका लागि कर्मचारीहरु तयारी अवस्थामा बसेका छन् ।
विशेषगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरु हतारमा देखिन्थे । उनीहरु ४४ औँ प्रधानमन्त्रीका लागि स्वागत आवश्यक तयारी गर्न हतारिएका हुन् । सिंहदरबारमा कर्मचारीका साथै प्रधानमन्त्री र मन्त्रीका शुभेच्छुकहरुको पनि खर्को लाग्न थालेको देखिएको छ । शपथलगत्तै प्रधानमन्त्रीसहितका मन्त्रीहरुले सिंहदरबार पुगेर पदभार सम्हाल्नेछन् ।