प्रधानमन्त्रीको शपथमा माइकले धोका दिएपछि....
सोमबार, ११ पुस २०७९, १६ : ३७

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा माइकले धोका दिएपछि अलमल देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ दिलाउँदै गर्दा पटक पटक माइकमा समस्या देखिएको हो । सो क्रममा राष्ट्रपतिले बोलेको प्रचण्डले राम्ररी नबुझ्दा अलमल जस्तो देखिएको थियो भने प्रचण्डले शपथ वाचन गर्दा पनि उस्तै समस्या देखिएको थियो ।
माइकमा बारम्बारको फिढब्याकका बीच राष्ट्रपतिले शपथ गराएर सकेकी थिइन् । सोमबार प्रधानमन्त्रीले शपथ लिएपछि तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
बाराक ओबामासँग सम्बन्ध विच्छेदको अफवाहमा के भन्छिन् मिसेल ?
-
कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा
-
बारमा विजयी बने विजय, तस्बिरहरू