प्रचण्डद्वारा जनताको नाममा पद तथा गोपनीयताको शपथ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् ।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ ।
त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ । प्रचण्ड तेस्रो पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म