चौतर्फी समस्याको बाबजुद अर्थतन्त्रको सफलतापूर्वक रक्षा गर्यौं : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै कठिन परिस्थितिका बाबजुद पनि अर्थतन्त्रको सफलपूर्वक रक्षा गरेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विदा भएका मन्त्री शर्माले कोभिड–१९ को प्रभाव, रुस–युक्रेन युद्धले निम्त्याएको विश्व आर्थिक संकट तथा आन्तरिक तथा बाह्य प्रभावका बाबजुद पनि मुलुकको अर्थतन्त्रलाई बिग्रनबाट बचाएको उनले बताए ।
‘युक्रेन र रसियाको युद्धले निम्त्याएको गम्भीर आर्थिक चुनौतीलाई सामना गरेर मुलुकको अर्थतन्त्रको रक्षा गर्नुपर्ने चुनौती अर्थमन्त्रालयसँग थियो । यसका अतिरिक्त अन्य आन्तरिक कारणहरू पनि थिए, ती सबै चुनौतीलाई सामना गर्दै अर्थतन्त्रको सफलतापूर्वक रक्षा गर्न सक्यौ । यस मानेमा हामी सफल भयौं भन्ने मलाई लाग्छ’ मन्त्री शर्माले भने ।
मन्त्री शर्माले सोही अवसरमा अर्थतन्त्रलाई लिएर उठेका ठूलो त्रास डरलाई समेत समाधान गर्न सकिएको बताए । आर्थिक वृद्धिदरलाई ६ प्रतिशत भन्दा माथि जाने गरी आफूले काम गरेको उनले बताए । पछिल्लो समय समस्याकै रुपमा देखिएको उच्च बजार महंगी र तरलता संकट समेत विस्तारै समाधान उन्मुख रहेको अर्थमन्त्री शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण