विदाई हुँदै शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे आफ्नो प्रगति प्रतिवेदन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै पौडेलले आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन् । २०७८ असोज २२ मा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो कार्यकालमा गरेका कामहरू १९ बुँदामा सार्वजनिक गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरू र स्वीकृत कार्ययोजनाको आधारमा हालसम्म हासिल भएका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् । जसमा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरेको जनाएका छन् । त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा रहेको जनाएका छन् ।
उनले १५ वर्षे दीर्घकालीन लक्ष्यसहितको शिक्षाको सोचपत्र २०७९ जारी गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याइएको बताएका छन् । आर्थिक वर्ष २०७९/०८० मा थप १८ वटा गरी हालसम्म ८२ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको विषय उनले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण