शेयर बजारद्वारा प्रचण्ड सरकारको स्वागत
शेयर बजारद्वारा नयाँ सरकारको स्वागत गरेको छ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै नेप्से सूचकमा ३ प्रतिशत माथिले बढ्दै १९ सयको बिन्दु चुमेको हो । सेयर बजार परिसूचक नेप्सेले सोमबार आधा शतक पुरा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ५६.८६ अंकले बृद्धि हुँदै १९२४.०७ अंकमा उक्लिएको छ भने २ अर्ब ९ करोड ७० लाख रूपैयाँ माथिको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ । अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.५२ प्रतिशतले बढेको छ भने आज हाइड्रोपावर समूह ५.१६ प्रतिशत, डेभलपमेन्ट समूहको उपसूचक ४.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूह ४.१६ प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ३.३८ प्रतिशतले बढ्दा यता बैंकिङ समूहको उपसूचक आज ३.३५ प्रतिशतले बढेको छ ।
आज एक दर्जन बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण