शेयर बजारद्वारा प्रचण्ड सरकारको स्वागत

शेयर बजारद्वारा नयाँ सरकारको स्वागत गरेको छ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै नेप्से सूचकमा ३ प्रतिशत माथिले बढ्दै १९ सयको बिन्दु चुमेको हो । सेयर बजार परिसूचक नेप्सेले सोमबार आधा शतक पुरा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ५६.८६ अंकले बृद्धि हुँदै १९२४.०७ अंकमा उक्लिएको छ भने २ अर्ब ९ करोड ७० लाख रूपैयाँ माथिको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ । अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.५२ प्रतिशतले बढेको छ भने आज हाइड्रोपावर समूह ५.१६ प्रतिशत, डेभलपमेन्ट समूहको उपसूचक ४.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूह ४.१६ प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ३.३८ प्रतिशतले बढ्दा यता बैंकिङ समूहको उपसूचक आज ३.३५ प्रतिशतले बढेको छ ।
आज एक दर्जन बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन