आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ सरकार बन्ने प्रक्रियालाई सहजतापूर्वक लिएको छ : गृहमन्त्री खाण

सोमबार, ११ पुस २०७९, १५ : १४
सोमबार, ११ पुस २०७९

गृहमन्त्री बालकृष्ण खाणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै कांग्रेस नेता समेत रहेका गृहमन्त्री खाणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए ।  

उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । मन्त्री खाणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरूलाई पनि  सचेत गराए  ।  गृहमन्त्री खाणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाए । प्र्र्र्र्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उनले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिए । गृहमन्त्री खाणले सो विभागले आवश्यक परेका सबै सूचनाहरु दिएकाले पनि आफूले जता भएपनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गरे ।  

गृहमन्त्री खाणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहो¥याए । उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे । विपद् व्यवस्थापन, मन्त्रीपरिषदका लागि आवश्यक प्रस्ताव तयार पार्न र शान्ति सुरक्षाको व्यवस्थापन गर्न आफू र मन्त्रालयका पदाधिकारीहरुले मध्यरातमा पनि मन्त्रालयमा बसेर काम गर्नु परेको मन्त्री खाणको भनाई थियो । उनले आफूलाई मन्त्रीको रुपमा सबैले सहयोग गरेको उल्लेख गर्दै मन्त्रालयका सबै कर्मचारीहरुप्रति आभार समेत व्यक्त गरे ।   

गृहमन्त्री खाणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए । त्यसलाई सफलतापूर्वक संचालन गरेको उनको दाबी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाणले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप