प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ
सोमबार, ११ पुस २०७९, १४ : ५७
प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा सथ लिएकी छन् ।

उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी) का पाँचथर १ (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२)बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ लिम्बू भाषामा सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण