आफ्नै भवनमा सिद्धार्थ बैंक
सिद्घार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर राजधानीको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज समुद्घाटन गरेको छ । बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा भवनको समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैगरी बैंकले उक्त समुद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा सोभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका सेवारत कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय आफैंले निर्माण गरेको भवनमा स्थानान्तरण गरी बैंकका ग्राहकहरूलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ