शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई

सोमबार, ११ पुस २०७९, १४ : ०६
सोमबार, ११ पुस २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् । 

उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ 

यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र  भारतले बधाई दिइसकेका छन् । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थन प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।  उनले आजै साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप