बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङको रानीबाट ९ लाखको भन्सार छलिको सामान बरामद

सोमबार, ११ पुस २०७९, १३ : ३३
सोमबार, ११ पुस २०७९

मोरङको रानी क्षेत्रबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ ल्याएको करिब ९ लाख २६ हजार मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टिकाबहादुर कार्कीले रातोपाटीलाई बताए ।

बरामद सामग्रीमा कपडा, खाद्यान्न र घरायसी सामान लगायत  छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सो सामग्री बरामद गरेको हो । बरामद सामग्री प्रहरीले भन्सार कार्यालय रानीमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप