५ महिना २८ दिनमा विदाई भए श्रममन्त्री कुँवर
नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको विदाई गरिएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच कर्मचारीहरूले उनको विदाई गरेका हुन्। २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाईको त्रममा श्रमिकको हित हुनेगरी काम गर्न आग्रह गरे।

काम गर्ने क्रममा कहिलेकाही राति श्रमिकको फोन आउँदा आफू सुत्न समेत नसक्ने बताए । ‘हाम्रा दाजुभाइहरू विदेशमा कतिको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा मैले नजिकबाट नियाल्ने मौका पाएको छु । मध्यरातमा पनि फोन आउँदा फोन उठाएर उनीहरूका पीडा सुन्ने गरेको र त्यो पीडाले सुत्न समेत सक्दिन’ उनले भने।
मन्त्रीहरूको आउने जानेक्रम क्रम चलिरहने गरेको भन्दै स्थायी भनेका कर्मचारी रहेकोमा जोड दिए । मन्त्रीबाट विदाई भएका कुँवरले मन्त्री क्वार्टर समेत आजैदेखि छोडेका छन्। क्वाटर छाडेर उनी नीजि सवारी चढेर आफ्नो निवासतर्फ लागे।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण