५ महिना २८ दिनमा विदाई भए श्रममन्त्री कुँवर

नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको विदाई गरिएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच कर्मचारीहरूले उनको विदाई गरेका हुन्। २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाईको त्रममा श्रमिकको हित हुनेगरी काम गर्न आग्रह गरे।
काम गर्ने क्रममा कहिलेकाही राति श्रमिकको फोन आउँदा आफू सुत्न समेत नसक्ने बताए । ‘हाम्रा दाजुभाइहरू विदेशमा कतिको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा मैले नजिकबाट नियाल्ने मौका पाएको छु । मध्यरातमा पनि फोन आउँदा फोन उठाएर उनीहरूका पीडा सुन्ने गरेको र त्यो पीडाले सुत्न समेत सक्दिन’ उनले भने।
मन्त्रीहरूको आउने जानेक्रम क्रम चलिरहने गरेको भन्दै स्थायी भनेका कर्मचारी रहेकोमा जोड दिए । मन्त्रीबाट विदाई भएका कुँवरले मन्त्री क्वार्टर समेत आजैदेखि छोडेका छन्। क्वाटर छाडेर उनी नीजि सवारी चढेर आफ्नो निवासतर्फ लागे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा