प्रदेश १ प्रदेशसभा : जेष्ठ सदस्य गनगाइँले लिए शपथ
सोमबार, ११ पुस २०७९, १३ : २३

प्रदेश १ प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ प्रमुख पर्शुराम खापुङले गनगाइँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
अब गनगाइँले प्रदेशसभा सचिवालयमा अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।