सरकारमा जाने नजाने विषयमा जसपामा अन्योल
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन । जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो नलागेको बताए । उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’
जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ ती नेताले भने, ‘आज, भोलिसम्ममा संसदीय दलको नेता सहमतिमा टुंगो लगाउने प्रयास हुन्छ, नभए पर्सी दलको नेताका लागि चुनाव हुन्छ ।’
बानेश्वरमा चलिरहेको नयाँ सत्ता गठबन्धनको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव ढिलो पुगेका छन् । गठबन्धनको बैठकपछि जसपाको कार्यकारिणीसहित संसदीय दलको बैठक बस्ने बताइएको छ । सोही बैठकबाट सबै विषयको टुंगो लगाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान