आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेसँग प्रचण्डको साँठगाँठ अवसरवादी कार्य : राष्ट्रिय जनमोर्चा

सोमबार, ११ पुस २०७९, १२ : ५५
सोमबार, ११ पुस २०७९

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग साँठगाँठ गर्नु सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको जनाएको छ ।

सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध पाँच दलीय गठबन्धनले लामो समयदेखि संघर्ष गर्दै आएको थियो । गत निर्वाचनमा देशव्यापी प्रतिगमनका विरुद्ध पाँच दलीय चुनावी तालमेल समेत भएको थियो । प्रतिगमनका विरुद्ध तथा गठबन्धनका पक्षमा नेपाली जनताले निर्वाचनमार्फत् आफ्नो अभिमत समेत व्यक्त गरेको अवस्था थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो ।’

प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा व्यक्त जनताको जनादेशप्रतिको अपमान र स्वयं जनताप्रतिको ठुलो धोका पनि भएको केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप