कर्णाली प्रदेशसभा : जेष्ठ सदस्य एमालेका शाहले लिए शपथ
सोमबार, ११ पुस २०७९, ११ : ५२

कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य एमालेका विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । शाह ६६ वर्षका भए । उनी एमाले प्रदेश अध्यक्ष हुन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अन्य सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ ।
शपथ ग्रहण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, लगायतका अन्य नवनिर्वाचित सांसदहरुको सहभागिता पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन