मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगे प्रचण्ड र बाबुराम

सोमबार, ११ पुस २०७९, ११ : ४५
सोमबार, ११ पुस २०७९

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगेका छन् ।  बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी रहेकोले केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ । 

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले,  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् । 

सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।  प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप