भेट्यायो एपले फेसियल हाउससँग सहकार्य गरेर ५ हजारलाई रोजगारी दिने
![भेट्यायो एपले फेसियल हाउससँग सहकार्य गरेर ५ हजारलाई रोजगारी दिने](https://rpcdn.ratopati.com/media/albums/Bhetayo_Logo_with_tagline_1_1_1T051ZH5zW.png)
भेट्यायो एपले सौन्दर्य र सीप विकासको क्षेत्रमा काम गर्दै आइरहेको फेसियल हाउससँग सहकार्य गर्ने भएको छ । एपले फेसियल हाउससँगको सहकार्यमा बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा रोजगारी सिर्जना गर्ने योजना बनाएको हो ।
कम्पनीले समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको श्रोत बलियो बनाउने लक्ष्य राखेको छ । यसैगरी दुवै पक्षले लाभ लिन एक अर्काको सम्बन्धित शक्ति, अनुभव, विधि र स्रोत तथा साधनहरूको परिचालन र पहुँचमा विस्तार गर्ने र जसमा करिब ५ हजार व्यक्तिलाई तालिम दिने योजना बनाएको छ ।
साथै उनीहरूलाई आर्थिक रूपमा सवल एवम दक्ष तथा आर्थिक रुपमा स्तरीय रोजगारी पाउन सहयोग पुग्नेछ । भेट्यायो एप सेवा लिने र रोजगार प्रदान गर्ने ग्राहकको सुविधाका लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्लेटफर्म हो । भेट्यायोले गुणस्तरीय सेवा उपलब्ध गराउने कार्य मात्र नगरी दक्ष जनशक्ति उत्पादन गरी बजार प्रवर्द्धन गर्न निरन्तर रुपमा काम गर्ने विभिन्न तालिम र सहकार्य मार्फत अघि बढाउने काम गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता