शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नक्कली नोटसहित एकजना पक्राउ

सोमबार, ११ पुस २०७९, १० : ५३
सोमबार, ११ पुस २०७९

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित  कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय लाल बहादुर साउद छन् ।

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहाबाट पक्राउ परेका आरोपीको साथबाट १ हजार दरका ४ हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चुरे गाउँपालिका–६ घर भएका साउदलाई अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपीबारे जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप