बुटवलका डिएसपी ठगबहादुर केसीमाथि छानबिन
सोमबार, ११ पुस २०७९, १० : ३०

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । ‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आईजीपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन् ।
आइतबार साँझ ब्युरोको टोलीले उनलाई आन्तरिक नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो । छानबिनका लागि डिएसपी नेतृत्वको टोली बुटवल पठाएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ, त्यसबारे छानबिन भइरहेको छ ।’
पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् । उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत