बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्तालाई महामन्त्री शर्माले भने – ‘डन्ट वरी’

सोमबार, ११ पुस २०७९, १० : १६
सोमबार, ११ पुस २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धन बनाएपछि उत्पन्न राजनीति परिस्थितपछि आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न जवाफ दिएको बताए ।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, 'देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनेँ– डन्ट वरी '

कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आलोचना र आत्मालोचना गरिने बताए । 'भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ,' उनले अगाडि लेखेका छन्,'नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप